नेपाली कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने भएको छ।
प्रवक्ता देवराज चालिसेका अनुसार प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते जनकपुरमा आमसभा हुनेछ।
‘त्याग र समर्पणको पवित्र भूमि – शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
कांग्रेसले माघ १६ गते जनकपुरमा सभा गर्ने भने पनि स्थगित भएको थियो। निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न समय दिएको छ।