नेपाली कांग्रेसका उम्मेदवार रन्जित कर्ण राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।
आज भएको निर्वाचनबाट उनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।
मधेसमा ४ पदका लागि निर्वाचन भएको थियो।
नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाबीच तालमेल भएकोमा चारै जना उम्मेदवार विजयी भएको कर्णले सेतोपाटीलाई जानकारी दिए।
कांग्रेसका उम्मेदवार धमेन्द्र पासवान, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा निर्वाचित भएको उनको भनाइ छ।