जनमत पार्टी नेपालले यसपटकको निर्वाचनमा ६२ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टी महासचिव चन्दन सिंहले सार्वजनिक गरेको सूचीअनुसार जनमतले पहाडी जिल्लामा उम्मेदवारी दिएको छैन। झापादेखि कञ्चनपुरसम्मका तराईका जिल्लामा उम्मेदवारी दर्ता गरेको छ।
जनमतले झापा–१ बाहेक चारवटै क्षेत्रमा, मोरङको पनि चारवटा क्षेत्रमा उम्मेदवारी दिएको छ।
अघिल्लोपटक जनमत पार्टी राष्ट्रिय पार्टी बनेको थियो। सिके राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए। यसपटक पनि सिके राउत सप्तरी–२ बाटै उम्मेदवार बनेका छन्।
यसपटक जनमत पार्टी आफै छिन्नभिन्न देखिएको छ। पार्टीका उपाध्यक्ष अब्दुल खान, पूर्व कोषाध्यक्ष दीपक शाह, प्रवक्ता शरदसिंह यादव, मधेसका पूर्वमुख्यमन्त्री सतिश सिंहसहितका नेता जनमत छाडेर गइसकेका छन्।
जनमतका उम्मेदवारहरू
