चुरे भावर पार्टी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको छ।
चुरे भावरका नेताहरूलाई आज नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीमा स्वागत गरेका हुन्।
चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने र नेकपा संयोजक प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
उनीहरूबीच ४ बुँदे सहमति भएको छ। चुरे भावर पार्टीले उठाएका मुद्दालाई नेकपाले उच्च प्राथमिकताका साथ उठान गर्ने पनि सहमति छ।
चुरे भावरका नेताहरूलाई क्षमताअनुसार नेकपा केन्द्रीय र प्रदेशलगायत निकायमा समायोजन गर्ने सहमति पनि भएको छ।
नेकपामा यसअघि करिब १५ भन्दा बढी पार्टी तथा समूहहरू समाहित भइसकेका छन्।