सर्लाहीका ४ जना वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन्।
गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद शाह, ५ का अध्यक्ष प्रकाश गुप्ता र ११ का अध्यक्ष विश्वनाथ पण्डित पार्टीमा प्रवेश गरेको कांग्रेसले जनाएको छ।
सभापति गगन थापाले वडाध्यक्षहरूलाई पार्टीमा स्वागत गरेका छन्। सभापति थापा सर्लाही ४ मा उम्मेदवार छन्। सभापति थापालाई सहयोग गर्न आफूहरू कांग्रेस प्रवेश गरेको वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितको भनाइ छ।
गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १, २ का अध्यक्ष नेकपाबाट, ५ का अध्यक्ष जसपा तथा ११ का अध्यक्ष एमालेबाट निर्वाचित भएका थिए।
साथै गत प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही ४ को २ मा उम्मेदवार रहेका कृष्णकुमार कुशवाह पनि कांग्रेस प्रवेश गरेका छन्।
साथै बसबरियाका जसपा नेता मुकेश यादव, वडा सदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन्।
सर्लाही क्षेत्र नम्बर ४का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि यसअघि कांग्रेसमा प्रवेश गरेरका थिए।