योङ कम्यूनिष्ट लीग नेपाल (वाइसिएल) नेपालले आफ्नो अर्धसैन्य संरचना व्यूँताएको छ।
वाइसिएल नेपालको भर्चुअल माध्ययमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेद्वारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एस.टि.एफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले बताए।
अन्तरपार्टी युवा, विद्यार्थी र जेन्जी युवा संयोजन गर्न संयन्त्रको निर्माण गर्ने तथा सबै प्रदेशहरूमा एकतामा आएका युवा संगठनका नेता सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिए।
एक वुथ सय युथ सबै वुथ केन्द्रमा खटाइने, सामाजिक संजालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका यूवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी रहेको वाइसिएलले जनाएको छ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र फ्याक्सन ईन्चार्ज दीपशिखाले चुनावलाई सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।