नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दाङ लमहीका बासुदेव घिमिरे ‘जंगली’ले आफ्नो निर्वाचन खर्च विवरण सोमबार सार्वजनिक गरेका छन्।
घिमिरेले सार्वजनिक गरेको विवरणमा सवारीसाधन प्रयोगमा ७५ हजार, सवारी इन्धनमा २० हजार, प्रचार–प्रसार सामग्रीमा ३० हजार, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा ६० हजार, अन्य प्रचार प्रसार, छापा तथा विद्युतिय माध्यममा ३० हजार रूपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
त्यस्तै कार्यालय सञ्चालनमा ५० हजार, प्रतिनिधि परिचालनमा २० हजार र विविध शीर्षकमा १५ हजार रूपैयाँ खर्च भएको बताए ।
राष्ट्रियसभा निर्वाचनका क्रममा आफ्नो तीन लाख १५ हजार रूपैयाँ खर्च भएको घिमिरेले जानकारी दिएका छन् ।
निर्वाचन कानुनी व्यवस्था अनुसार घिमिरेले निर्वाचन खर्च विवरण सार्वजनिक गरेको हुन ।
माघ ११ गते भएको निर्वाचन मार्फत उनी विजयी भएका थिए।
लुम्बिनीबाट काँग्रेसबाट दाङका घिमिरेसहित गुल्मीका चन्द्रबहादुर केसी र नेकपा (एमाले) बाट गुल्मीकै रामकुमारी झाँकी निर्वाचित भएकी थिइन्।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस – एमाले लगाएतका दलहरूका बीचमा चुनावी तालमेल भएको थियो।