नेपाल प्रहरीको अवकाश प्राप्त डिआइजी गणेश केसी राप्रपामा प्रवेश गरेका छन्।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले केसीलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका हुन्।
केसी ललितपुर क्षेत्र नम्बर २ का बासिन्दा हुन्। निर्वाचनको नजिकै केसीको राप्रपा प्रवेशले त्यस क्षेत्रमा पार्टी थप मजबुत हुने दाबी राप्रपाले गरेको छ।
राप्रपाले त्यस क्षेत्रमा अवकाशप्राप्त महासेनानी, उपप्राध्यापक रघुवरराज थापालाई उमेदवार बनाएको छ।
२०७९ सालको निर्वाचनमा पनि थापा नै उम्मेदवार थिए र आठ हजारभन्दा बढी मत ल्याएका थिए।