नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधि खटाएको छ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा नेताहरूलाई जिम्मेवारी दिएको हो।
जिम्मेवारी पाएका नेताहरू अबको एक महिनासम्म सम्बन्धित ठाउँमा खटिनुपर्ने कांग्रेसले जनाएको छ।
यसपालि निर्वाचनमा उम्मेदवार नरहेका पदाधिकारीलाई पनि कांग्रेसले निर्वाचनमा परिचालन गर्ने भएको छ।
साथै केन्द्रीय सदस्य, पूर्वपदाधिकारी, निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि निर्वाचनमा कांग्रेसले परिचालन गरेको छ।
कुन प्रदेशमा क-कसलाई जिम्मेवारी? सूची;