नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरुले अनेक षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।
बुधबार पार्टीका तर्फबाट काठमाडौं उपत्यकाका उम्मेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेमाथि भइरहेको षड्यन्त्रलाई हाबी हुन नदिने गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ बनाउने काम भइरहेको पनि बताए।
उनले पार्टीको आन्तरिक एकता कमजोर हुँदा वाह्य शक्तिहरूले खेल्न पाउने भएकाले पनि एमालेले आन्तरिक एकतालाई जोड दिने कामलाई अघि बढाएको समेत बताए।
'देखिने, नदेखिने, भित्रका, बाहिरका यस खालका गतिविधिहरु हुने गरेका छन्। तर हामीले के बुझ्नुपर्दछ भने बाहिरी षड्यन्त्रहरुलाई चिर्नका लागि भित्री रुपमा मजदुत हुनुपर्दछ। भित्री रुपमा कमजोर भइयो भने बाहिरी षड्यन्त्र हाबी हुन्छ। त्यो हाबी हुन दिने पक्षमा हामी छैनौं। हामी आन्तरिक रुपमा सुदृढ हुन चाहन्छौं। त्यसकारण एमालेको बारेमा केही अलमल हुनुपर्ने अवस्था छैन,' उनले भने।