पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ।
उनका ९७ वर्षीय बुवा भोजप्रसाद भट्टराईको आज बिहान ८:१५ बजे निधन भएको हो।
भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो।
भोजप्रसादको आज बिहान निधन भएको र आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भट्टराईको सचिवालयले जनाएको छ।