नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आइतबार बिहान साढे ८ बजे जुममार्फत छलफल गर्ने गरी बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन्।
कार्यसम्पादन समितिका अधिकांश सदस्यहरू निर्वाचनका सिलसिलामा काठमाडौं बाहिर रहेकाले जुम मार्फत बैठक गर्न लागेको उनले बताए।
तीन एजेन्डा तय गरिएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकका लागि नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयलाई एजेन्डा तय गरिएको छ।