तनहुँ–१ मा मतगणना सुरू भएको छ। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए।
लम्सालका अनुसार अहिले रातिबाट एक सिफ्टमा मत गणना थालिए पनि भोलिदेखि दुई सिफ्टमा मतगणना गर्न सहमति जुटेको छ।
यहाँ कुल मतदाताको ५३.९४ प्रतिशत अर्थात् ६८ हजार ४३४ मत खसेको लम्सालले बताए।
तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले, नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट भगवती न्यौपाने लगायत उम्मेदवार छन् ।