प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ।
मन्त्रिपरिषद बैठकले शुक्रबार स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको सातौं नम्बर बुँदामा यस्तो घोषणा गरिएको हो।
यस्तो समिति एक साताभित्र गठन गर्ने उक्त कार्यसूचीमा उल्लेख छ।
उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने भनिएको छ।