नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियानका लागि मूल नारा तय गरेको छ।
नेकपाले ‘निरङ्कुशता र अराजकताको विरोध गरौं’र ‘राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं’ भन्ने नारालाई अभियानको मूल नारा बनाएको हो।
यसलाई विभिन्न तहका समितिहरूले अभियानका क्रममा ब्यानरमा लेख्न नेकपाले निर्देशन दिएको छ।
नेकपाले कात्तिक ७ गते दुई महिने राष्ट्रिय जागरण अभियानको घोषणा गरेको थियो।
यसअन्तर्गत नेकपाले देशभरिका स्थानीय तहसम्मै पुग्ने र महँगी, बेरोजगारी, युवा पलायन, भ्रष्टाचार र आर्थिक असुरक्षा लगायत समस्या समाधान गर्न जनतासँग प्रत्यक्ष संवाद गर्ने भनेको छ।
अभियान अन्तर्गत विभिन्न ठाउँमा कार्यक्रमहरू पनि भइरहेका छन्।
अभियानमा केन्द्रीय तहका नेताहरूलाई पनि आ-आफ्नो जिल्ला र स्थानीय तहमा खटिन भनिएको छ।