पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने भएको छ।
शनिबार बिहान पक्राउ परेका ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। उनको मुटुको चाल अनियमित भएपछि अस्पतालमै राखिएको छ।
ओलीलाई अस्पतालबाटै भर्चुअल रूपमा काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको हो। अदालत उपस्थित गराउन खोजे पनि ओलीको उपचारमा संलग्न चिकित्सकहरूले अनुमति नदिएको स्रोतले जनाएको छ।
पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालत उपस्थित गराइसकिएको छ।
ओली र लेखकलाई ज्यानसम्बन्धी मुद्दा लगाइएको छ।
यो मुद्दा न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा छ।