राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा तारेख बुझेका छन्।
उनले आइतबार बिहानै अदालत उपस्थित भएर तारेख बुझेका हुन्। उनको अर्को तारेख वैशाख १४ लाई तोकिएको छ।
उनीविरूद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका करिब ७ सय बचतकर्ताले कानुनविपरीत गोर्खा मिडिया नेटवर्कमा पैसा लगेको भनी जाहेरी दिएका थिए। यो मुद्दा २०८१ पुसदेखि जिल्ला अदालतमा विचाराधीन छ।
उनीमाथि स्वर्णलक्ष्मी सहकारीबाट ५ करोड ७८ लाख रूपैयाँभन्दा बढी रकम गोर्खा मिडियामा लगेको आरोप छ।