नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको बिरोधमा आइबार सो पार्टीका नेताहरुले विभिन्न जिल्लामा ज्ञापन पत्र बुझाएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको रिहाइको माग गर्दै एमालेका नेता कार्यकर्ताले स्थानीय जिल्ला प्रशासन कार्यालयहरुमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्।
उनीहरुले लुम्बिनीका विभिन्न जिल्लाहरु दाङ, बाँके, बर्दिया लगाएतका जिल्लाहरुमा पुगेर अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्र बुझाउन जाने क्रममा उनीहरु प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गरुङका बिरुद्ध नारा बाजी गर्दै पुगेका थिए।
एमाले नेता कार्यकर्ताको पर्दशनलाई मध्यनजर गर्दै जिल्लाहरुमा सुरक्षा सर्तकता बढाइएको छ।
सरकार गठन भएको दोस्रो दिन एकाबिहानै भदौ २३ गतेको घटना अनुसन्धानका लागि भन्दै प्रहरीले पूर्व ओली संगै तत्कालीन गृहमन्त्री नेपाली काँग्रेसका नेता रमेश लेखकलाई पनि पक्राउ गरेको थियो।