पूर्व ऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।
आइतबार बिहान केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो।
उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति माग्न जिल्ला अदालत ल्याएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
खड्कामाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्न सिआइबीलाई पत्राचार गरेको थियो।
भदौ २४ गते भएको आन्दोलनको क्रममा उनको घरमा आगजनी भएको थियो। आगजनी गर्दा प्रदर्शनकारीले उनको घरबाट नगद फ्याँकेको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत बनेको थियो।
त्यसपछि विभागको टोलीले उनको घरबाट जलेको नोटको मुचुल्का समेत उठाएको थियो। अहिले त्यही घटनासँग सम्बन्धित भएर सिआइबीले अनुसन्धान अघि बढाएको हो।