कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि सामूहिक बलात्कार मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले अध्यक्ष चौधरीसहित तीन जनामाथि सामूहिक बलात्कारको मुद्दा दर्ता गरेको हो।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले नाम परिर्वतित ‘भैरहवा-१५’ लाई अध्यक्ष चौधरीसहितले सामूहिक बलात्कार गरेको मुद्दा दर्ता गरेको हो।
मुद्दा दर्तासँगै गाउँपालिका अध्यक्ष चौधरीको पद धरापमा परेको छ।
तर उनले आफू दोषी नरहेकाले कानूनी लडाइँमा जाने बताएका छन्। सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी, कमलेशरण चौधरी र सन्तकुमार यादव बिरुद्ध आइतबार सामूहिक बलात्कार मुद्दा दर्ता गरेको छ।
मुद्दामा संलग्न रहेको आरोपमा सन्त कुमार यादव भने हाल पूर्वपक्ष (थुनछेक) का लागि रूपन्देही कारागारमा छन् ।
पीडित पक्षका अनुसार २०८१ साल असोज ६ गते ती युवतीले सामूहिक बलात्कार घटनामा चौधरीहरू र यादवको संलग्नता रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।
युवतीले आफुमाथी बलात्कार आरोप लगाउँदै जाहेरी दिएपछि चौधरीले उनको पहिचान सार्वजनिक गरिदिएका थिए।
त्यसपछि उनले आफ्नो पहिचान भंग गरेको भन्दै चौधरीविरुद्ध विद्युतीय अपराध सम्बन्धी मुद्दा दिएकी थिइन्। सोहि मुद्धामा प्रहरीले चौधरीलाई पक्राउसमेत गरेको थियो। तर तत्कालीन सरकारी वकिल कार्यालयले मुद्दा नचलाएपछि उन्मुक्ति पाएका थिए।
पूरक जाहेरीमा इलाका प्रहरी कार्यालय बुटवलले मुद्दा दर्ता नगरेको भन्दै पीडित युवतीले जिल्ला अदालतमा रिट दायर गरेपछि अदालतले २०८२ जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई मुद्दा अघि बढाउन निर्देशन दिएको थियो।
त्यसपछि उनि जेठ ६ गते पक्राउ परेका थिए।