प्रधानमन्त्री बालेन्द्र शाह र कर्णालीका सांसदरुबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटका क्रममा कर्णाली प्रदेशको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधार, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको सदुपयोगका विषयमा विस्तृत छलफल भएको राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए।
प्रधानमन्त्री शाहले कर्णालीको दीगो तथा समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग प्रदान गर्ने आश्वासन दिएका छन्।
शाहीले भेटमा कर्णालीका अलपत्र आयोजना सुचारु गरिदिन सरकारलाई आग्रह गरेको बताए।
‘सुशीला कार्की सरकारले केही बजेट रोक्का गरेको थियो, त्यसलाई खुलाइदिन पनि आग्रह गरेको छु’, शाहीले भने, ‘विकासका अवरोधबारे कुराकानी भए।
भेटमा कर्णाली प्रदेशबाट निर्वाचित सांसदहरूको उपस्थिति थियो। उनीहरूले क्षेत्रीय विकासका प्राथमिकता र चुनौतीहरू प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए।