राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
राष्ट्रपतिले चैत १९ गते बिहीबार अपराह्न २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।