नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको छैटौं बैठक बस्न लागेको हो।
आज बस्ने सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध एमालेले सुरू गरेको आन्दोलनबारे छलफल हुनेछ।
त्यस्तै प्रतिनिधि सभाको पहिलो बैठक आह्वान भएको सन्दर्भमा संसदमा एमालेको रणनीति कस्तो हुने भन्नेबारे पनि छलफल हुने एमालेले बताएको छ।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पक्राउ परेका छन्।
गत शनिबार बिहान पक्राउ परेका ओलीलाई काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ। स्वास्थ्यावस्थाका कारण अध्यक्ष ओली अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ।
एमालेले सरकारले राजनीतिक प्रतिशोध साधेर पक्राउ गरेको भन्दै आन्दोलित भएको छ।