नेपाली कम्युनिष्ट पार्टी निकट जेनजी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनासँग प्रहरीले सोधपुछ गरेको छ।
मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा लेखेको विषयवस्तुबारे बुझ्न तिमिल्सिनालाई बोलाएको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
आम मानिसमा अफवाह फैलिने र छिमेकी राष्ट्रसँगको सम्बन्धमा खलल पुग्ने किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएपछि त्यसबारे सोधपुछका लागि बोलाइएको एसपी भट्टराईले जानकारी दिए।
‘उहाँले अप्रमाणित सूचनाको रिल हाल्नुभयो। जसले मित्र राष्ट्रहरूसँगको सम्बन्ध असर पर्ने खालको थियो। चीनले नाकाबन्दी गर्यो भनेर अप्रमाणित कुरा गर्नुभएको थियो। त्यसरी भिडिओ हालेपछि हामीले के रहेछ भनेर उहाँको धारणा बुझ्न बोलाएका हौं,’ एसपी भट्टराईले भने।
उनलाई पक्राउ भने नगरिएको पनि एसपी भट्टराईले स्पष्ट पारे।
सचेत गरेपछि तिमल्सिनाले भिडिओ सामाजिक सञ्जालबाट हटाइसकेकी छन्। उनी फर्किसकेको पनि एसपी भट्टराईले जानकारी दिए।