पूर्वऊर्जामन्त्री दिपक खड्का र लुम्बिनी प्रदेशसभा सांसद रेखाकुमारी शर्माको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा भएको सुनुवाइपछि बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी भएको हो।
खड्काको हकमा उनकी श्रीमती विनिता थापा र शर्माको हकमा उनका श्रीमान चिन्तामणि शर्माले मंगलबार रिट दायर गरेका थिए।
खड्कामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।
यस्तै शर्मामाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हो।