नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दल नेता चयन भएकोमा पार्टीका नेता रामबहादुर थापा बादललाई बधाई दिएका छन्।
आज एमाले संसदीय दलको निर्वाचन भएको थियो।
सुहाङ पनि संसदीय दल नेताको आकांक्षी थिए। उनले फारमसमेत लगेका थिए। तर समर्थक र प्रस्ताव बस्छु भनेर वचन दिएका नेताहरू पछि हटेपछि उनले निर्वाचन विभागमा फारम बुझाउन पाएनन्, संसदीय दल नेताका लागि बादलको मात्रै उम्मेदवारी पर्यो। त्यसपछि बादल निर्विरोध संसदीय दल नेता भएको घोषणा गरिएको थियो।
बादल संसदीय दल नेता बनेपछि सुहाङले उनलाई बधाई दिएका छन्। निर्वाचन विभागका प्रमुख निरज आचार्यका अनुसार सुहाङले संसदीय दल नेता बादललाई बधाई दिएका हुन्।