समानुपातिक सांसदहरू नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र नेकपा एमालेकी पद्मा अर्यालविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
पटक-पटक खस आर्य कलस्टरबाट सांसद र मन्त्रीसमेत भएर पदको लाभ लिँदा संविधानको बर्खिलाप भएको बताउँदै सामाजिक न्यायका अभियन्ता खजान्ती महतो नुनियाँले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमा समानुपातिक प्रणालीको मान्यता विपरीत सांसद भएको उल्लेख गरेको थियो।
रिटमाथि प्रारम्भिक सुनुवाइ गरी सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
त्यस्तै विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
यो मुद्दामा अन्तरिम आदेश जारी नभए पनि अग्राधिकार भने दिने निर्णय गरेको छ।