नेकपा एमाले राष्ट्रिय सभा दल नेतामा प्रेम दंगाल चयन भएका छन्।
राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्रीका अनुसार बिहीबार बिहान बसेको संसदीय दल बैठकमा संसदीय दल नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभामा आफ्नो प्रतिनिधि तोकेका हुन्।
‘संसदीय दल नेताले राष्ट्रिय सभामा प्रतिनिधि तोक्ने चलन हुन्छ। संसदीय दल नेता चयन भएको अवसरमा धन्यवाद दिन आज बैठक बोलाइएको थियो। त्यहाँ उहाँले प्रेम दंगाललाई राष्ट्रिय सभाको दल नेता तोक्नुभएको हो,’ उनले भनिन्।
दंगाल बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। राष्ट्रिय सभामा एमालेका १० जना सांसद छन्।