राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछाने आज संसदमा बोल्ने भएका छन्।
आज दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।
आजको बैठकमा दलका शीर्ष नेता बोल्ने कार्यक्रम छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछाने आज संसदमा बोल्ने कार्यक्रम छ।
संघीय संसद सचिवालले लामिछानेलाई संसद प्रवेशमा कुनै रोकतोक नभएको जनाएको छ।
लामिछाने फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए।
उनीविरूद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा छ।
यो पनि: रवि लामिछानेलाई संसद प्रवेशमा कुनै रोकतोक छैन- संसद सचिवालय