नेपाली कम्युनिस्ट पार्टीको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त भएका छन्।
नेकपा संसदीय दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार उनलाई दल नेता चयन गरेका हुन्।
‘हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतक पदमा प्रतिनिधिसभा सदस्य युवराज दुलाललाई नियुक्त गरिएको व्यहोरा जानकारी गरिन्छ। सोही अनुसार दुलाललाई यस दलका तर्फबाट संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा प्रमुख सचेतकको रूपमा संसदीय कार्यमा प्रतिनिधित्व गर्ने व्यवस्था मिलाइदिनुहुन अनुरोध छ,’ दल नेता प्रचण्डले पठाएको पत्रमा भनिएको छ।
दुलाल सिन्धुपाल्चोक–२ बाट निर्वाचित सांसद हुन्।