राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि चैत २३ गते निर्वाचन हुने भएको छ।
संघीय संसद सचिवालयले उपाध्यक्ष पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। यस अनुसार उपाध्यक्ष चयनका लगि २२ गते आइतबार मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्ममा मनोनयन दर्ताको कार्यक्रम राखिएको छ।
एकभन्दा बढी उम्मेदवारी परेको अवस्थामा चैत २३ गते सोमबार अपरान्ह सवा १ बजेको बैठकमा उपाध्यक्ष चयनका लागि निर्वाचन हुनेछ।
एक मात्र उम्मेदवारी परेको अवस्थामा पनि सोही बैठकमा उपाध्यक्ष निर्वाचित भएको घोषणा हुनेछ।