राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदमा पार्टी उपसभापति डिपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए भने बैठकले उनको नाम अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।
सभामुख निर्वाचन चैत २२ गते हुनेछ।