प्रतिनिधिसभाको पहिलो दिनको बैठकको एउटा रोचक दृश्य प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीचको जम्काभेट रह्यो।
बिहीबार सम्पन्न संसदको पहिलो दिनको बैठक सकिएपछि हलभित्रै प्रधानमन्त्री बालेन र धरानबाट निर्वाचित सांसद साम्पाङको जम्काभेट भएको थियो।
पछिल्लो समय बालेनलाई लक्ष्य गरेर हर्कले सामाजिक सञ्जालमा गरेका टिकाटिप्पणीका कारण उनीहरूको सम्बन्ध चिसो रहेको आकलन गरिँदै आएकोमा बिहीबारको भेट भने हार्दिकतापूर्ण देखिएको छ।
उनीहरूले संसदको सभाहलभित्र एकअर्कासँग हात मिलाउनुका साथै अंकमाल पनि गरेका थिए। बालेनले नै हर्कलाई अँगालो मार्न हात बढाएका थिए।
त्यसपछि उनीहरू संसद हलबाट निस्केर केही बेर करिडोरमा सँगसँगै हिँडेका थिए।
त्यस क्रममा पनि उनीहरूबीच हार्दिकतापूर्ण कुराकानी भइरहेको थियो।
यसअघि बालेन र हर्कबीच 'लभ एन्ड हेट' को सम्बन्ध देखिँदै आएको छ।
२०७९ को स्थानीय तह निर्वाचनमा उनीहरू दुवैले स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका थिए। बालेन लौरो चुनाव चिह्न लिएर काठमाडौं महानगरपालिकाको मेयरमा विजयी हुँदै गर्दा हर्क साम्पाङ पनि लौरो चिह्नबाटै धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भए।
त्यसपछि काठमाडौं महानगर कार्यालयमै बालेनलाई भेट्न आएका हर्कले लिम्बू संस्कृतिमा पवित्र धार्मिक चिह्न मानिने 'सिलाम साक्मा' बालेनलाई उपहार दिएका थिए। बालेनले सांसदका रूपमा शपथ लिँदा छातीमा सिलाम साक्मा लगाएरै आएका थिए।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि भने उनीहरूको सम्बन्धमा चिसोपना देखियो।
त्यति बेला हर्क आफूलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै काठमाडौं आएका थिए। आफ्नो नाम प्रधानमन्त्रीका रूपमा स्वीकार नगरिएपछि उनी रूष्ट भएका थिए। त्यसपछि बालेनका गतिविधिमाथि टिकाटिप्पणी गर्दै उनले पटक पटक सामाजिक सञ्जालमा लेखेका थिए।
-1775130304.jpg)
काठमाडौं महानगरको मेयरका रूपमा बालेनले सुकुम्बासी हटाउन डोजर चलाएको विषयलाई पनि हर्कले आलोचना गर्दै आएका छन्। बिहीबारको संसद बैठकमा पनि उनले यो सरकारले 'सुकुम्बासीहरूमाथि डोजर चलाएर उठिबास पार्ने काम नगरोस्' भनी सचेत गराएका थिए।
बालेनले भने हर्कका यस्ता प्रतिक्रिया र टिप्पणीका बाबजुद आफू उनलाई सधैं माया गरिरहने बताएका छन्।
हर्कले आफूमाथि लक्षित गरेर लेखेको फेसबुक स्ट्याटसमा प्रतिक्रिया दिँदै बालेनले त्यसमा जबाफ पनि लेखेका थिए।
'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी नै सही, तर मेरो माया साँचो हो,' बालेनको जबाफ थियो।
उनले अंग्रेजीमा यो पनि लेखे, 'यू आर माई ट्रू लभ!'
यति मात्र होइन, बालेनले प्रधानमन्त्रीका रूपमा कोशी प्रदेशका सांसदहरूलाई छलफलको निम्ति डाक्दा पनि हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदहरूले भाग लिएनन्। कोठे बैठकमा छलफल गर्न नजाने हर्कको टिप्पणी थियो।
यस्ता घटनाक्रमबीच बिहीबारको भेटबाट भने उनीहरूबीच फेरि हार्दिकर्तापूर्ण सम्बन्ध देखिएको छ।
-1775131141.jpg)
-1775131141.jpg)
-1775131141.jpg)
-1775131140.jpg)
-1775131140.jpg)
-1775130304.jpg)
-1775130304.jpg)