सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाको सातौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।
बुधबार मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम चैत २४ गते मंगलबार अपराह्न ४:०० बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो।
मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि औपचारिक रूपमा बिहीबार सिफारिस पत्र पठाएका छन्।