गृहमन्त्री सुधन गुरूङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
पटक पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी बिहीबार साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन्।
सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री सुधन स्थलगत अनुगमनमा निस्किएका बताइएको छ।
अनुगमन क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन्।
विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन्।
साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उनले निर्देशन दिएका छन्।