नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ।
प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा पार्टीबाट उम्मेदवारी नरहने सेतोपाटीलाई बताए।
‘बहुमत रास्वपासँग छ, हामी किन सभामुखमा उम्मेदवारी दिनु र!,’ उनले भने, ‘उपसभामुख पदमा हाम्रो दाबी रहन्छ। हामी रास्वपासँग यो प्रस्ताव राख्छौं तर अहिलेसम्म छलफल भएको छैन।’
नेकपाले सभामुखमा रास्वपालाई समर्थन गर्ने भएको छ।
सभामुख र उपसभामुख फरक फरक दलबाट हुनुपर्ने व्यवस्था छ।
‘रास्वपाको सहयोगबिना उपसभामुख जित्न सकिन्न, त्यसैले पनि सहयोगका लागि कुरा गर्नुपर्छ,’ उनले भने, ‘रास्वपाले नेकपालाई सहयोग गर्छ वा गर्दैन थाहा छैन।’
प्रतिनिधि सभामा नेकपाका १७ जना सांसद छन्।