नेकपा एमालेले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ।
एमाले सचिव पद्मा अर्यालले सभामुख पदमा पार्टीबाट उम्मेदवारी नदिने बताएकी छन्। ‘सभामुख पदमा हामी उम्मेदवारी दर्ता गर्दैनौं,’ उनले भनिन्।
आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख निर्वाचनका लागि मनोनयन दर्ताको समय तोकिएको थियो।
सभामुखमा रास्वपा उपसभापति डिपी अर्यालले मनोनयन दर्ता गरेका छन्।
रास्वपा उम्मेदवार अर्याललाई नेपाली कांग्रेस र नेकपाले समर्थन गर्ने बताएका छन् तर रास्वपाको एकल बहुमत रहेकोले अरू दलको सहयोग आवश्यक नपर्ने देखिन्छ।
एमालेले उम्मेदवारी नदिएसँगै रास्वपाका अर्याल निर्विरोध हुने देखिन्छ। सभामुख निर्वाचन चैत २२ गतेका लागि तोकिएको छ।