इरानले जारी युद्धमा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी गरेको छ।
इरानले दोस्रो एफ-३५ लडाकू विमानलाई 'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजीसी) को ‘एयर डिफेन्स’ प्रणालीले मध्य इरानमा खसालेको दाबी गरेको छ।
इरानको सरकारी समाचार एजेन्सीले सो विमानको पाइलट जीवित रहने सम्भावना न्यून रहेको जनाएको छ।
गत महिना पनि इरानले एउटा एफ-३५ लडाकू विमान खसालेको दाबी गरेको थियो। पछि अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै इरानमाथि आक्रमण गर्ने क्रममा एउटा एफ-३५ लडाकू विमानले आपतकालीन अवतरण गरेको बताएको थियो। उक्त जेटका पाइलटको अवस्था स्थिर रहेको सेनाले जानकारी दिएको थियो।
इरानले दोस्रो एफ-३५ लडाकू विमान खसालेको बारे अमेरिकाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। इरानको सो दाबीको अहिलेसम्म स्वतन्त्र पुष्टि पनि हुन नसकेको बेलायती पत्रिका द गार्डियनले लेखेको छ।
एफ-३५ दुश्मनले ट्र्याक गर्न नमिल्ने 'स्टेल्थ’ लडाकू विमान हो।
अमेरिकाको यो ‘फिफ्थ जेनेरेसन’ लडाकू विमानलाई विश्वकै सबैभन्दा शक्तिशाली लडाकू विमान मानिन्छ।
सो लडाकू विमानलाई अहिलेसम्म कसैले पनि खसाल्न नसकेको अमेरिकाले दाबी गर्दै आएको छ। यो लडाकू विमानको मूल्य लगभग १० करोड डलर भएको मानिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)