शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले किताब समयमै छपाइ गरेर विद्यार्थीका हातहातमा पुर्याउन निर्देशन दिएका छन्।
सरकार प्रवक्तासमेत रहेका शिक्षा मन्त्री पोखरेलले आज जनक शिक्षा सामग्री केन्द्रको निरीक्षणका क्रममा समयमै पुस्तक छपाइ गरी विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिएका हुन्।
‘पुस्तक समयमै छापेर विद्यार्थीको हातमा पुर्याउन आवश्यक व्यवस्था गर्नू,’ शिक्षा मन्त्रीका भनाइबारे उनको सचिवालयले भनेको छ।
साथै शिक्षा मन्त्रीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग कुराकानी गरेका छन्।
कैलालीको गेटास्थित दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयमा पढाइ सुरू नहुनुमा देखिएका कानुनी अड्चन फुकाउन आवश्यक समन्वय गर्न उनले निर्देशन दिएको सचिवालयले जनाएको छ।