प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरू गरेको छ।
कांग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो।
यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ।
अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलसहितका नेता, कार्यकर्ता पार्टी कार्यालय सानेपामा उपस्थित छन्।
कांग्रेसले २०८३ साल असोज १६, १७, १८ र १९ गते काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
सो अनुसार २०८२ चैत २१ देखि मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने कार्यतालिका छ।
तस्बिरहरूः
-ink-1775297638.jpeg)
-ink-1775297638.jpeg)
-ink-1775297638.jpeg)
-ink-1775297638.jpeg)
-ink-1775297639.jpeg)
-ink-1775297639.jpeg)
-ink-1775297639.jpeg)
-ink-1775297639.jpeg)
-ink-1775297639.jpeg)
-ink-1775297639.jpeg)
-ink-1775297639.jpeg)
-ink-1775297640.jpeg)
-ink-1775297640.jpeg)
-ink-1775297640.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।