नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाएका हुन्।
'कांग्रेसलाई एकढिक्का बनाउनका लागि, एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु। म यो ग्रपमा, त्यो ग्रुपमा छैन,' उनले भने।
उनले आफ्नो लक्ष्य काँग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दैं त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताए।
'नेपाली कांग्रेसलाई एकढिक्का बनाएर फेरी हामीहरु पहिलो पार्टीको रुपमा प्रस्तुत हुने मेरो त्यत्ति मात्रै इच्छा हो। अरु मेरो केही इच्छा छैन,' उनले भने।
कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने आफनो इच्छा रहेको नेता कोइरालाको भनाइ थियो।
-न्युज एजेन्सी नेपाल