राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दल नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ।
शनिबार बूढानीलकण्ठस्थित निवासमै पुगेर शाहीले सभापति लामिछानेसँग भेटवार्ता गरेका हुन्।
उनीहरुबीच करिब एक घन्टा लामो छलफल भएको थियो।
छलफल उपसभामुखका लागि सम्भावित सहकार्यको विषयमा भएको दल नेता शाही निकट स्रोतले जनाएको छ।
आइतबार रास्वपाका उपसभापति डिपी अर्याल सभामुखमा शपथ लिँदैछन्। अरू दलले उम्मेदवारी नदिएपछि अर्याल निर्विरोध हुने निश्चित भएको छ।
सभामुख चयनलगत्तै उपसभामुख नियुक्ति प्रक्रिया सुरू हुनेछ।
सभामुख विपक्षी दलले लिने अभ्यास छ। नेपाली कम्युनिस्ट पार्टीदेख श्रम संस्कृति पार्टीसम्मले उपसभामुखमा उम्मेदवारी दिने तयारी छ।
यही विषयमा लामिछाने र शाहीबीच भेट भएको हो। भेटमा तत्काल सहमति नभए पनि छलफल जारी राख्ने सहमति भएको शाही निकट स्रोतले जानकारी दिएको छ।