बागमती प्रदेश सभाको बैठक सात महिनापछि बस्ने भएको छ।
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते अपराह्न ४ बजे बजे बस्ने भएको हो।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशसभाको बैठक बस्न आह्वान गरेको उनको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिए।
प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मंसिर ६ गते अन्त्य भएको थियो।