प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णुमाया विकले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बोलेकी अमिशा पराजुलीमाथि सामूहिक बलात्कार गर्नेसम्मको धम्की आएकोमा आपत्ति जनाएकी छन्।
उनले सोमबार प्रतिनिधि सभाको बैकको विशेष समयमा बोल्दै उनले महिलाले कसैको समर्थन गर्दा सामाजिक सञ्जालमा सामूहिक बलात्कारको धम्की आउनु आपत्तिजनक भएको बताएकी हुन्।
महिलाहरूले लामो समय संघर्ष र आवाज उठाएर संसदमा ३३ प्रतिशत पुर्याइएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा महिलामाथि बढ्दो डिजिटल हिंसाबारे बोल्नुपर्ने उनले बताएकी छन्।
साथै, सामाजिक सञ्जाल नियगमन गरिनुपर्ने उनको धारणा छ।
'हेरिनसक्नु छ। तथानाम गाली गरिरहेका हुन्छन्। तुरून्त नियमन गरियोस्,' उनले भनिन्।
पछिल्लो समय सामाजिक सञ्जालबाट हरेक कुराको निर्धारण भइरहेको छ। नेकपा एमालेलाई तथानाम गाली गरेकै कारणले पछाडि पर्यो। साथै केपी शर्मा ओली र रमेश लेखक सत्तामा नभएको प्रमाण नष्ट गर्न सम्भवन नभएको पनि उनले बताएकी छन्।
उनले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई छाड्न आग्रह गरेकी छन्।
'उहाँहरूलाई तत्काल छोडिओस् र कानुनी प्रक्रिया अगाडि बढाइयोस्,' उनले भनेकी छन्।