नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्।
आजको राष्ट्रिय सभा बैठकमा उनी निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो।
माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन्।
उपाध्यक्ष भण्डारीलाई राष्ट्रिय सभाका सांसदहरूले बधाई तथा कार्यकाल शुभकामना दिएका छन्।





