प्रतिनिधि सभाले नियमावली मस्यौदा समिति गठन गरेको छ।
आज बसेको प्रतिनिधि सभा बैठकले नियमावली मस्यौदा समिति गठन गरेको हो।
संसदको बैठक सञ्चालन गर्ने विधि र प्रक्रिया नियमावलीमा गरिएको हुन्छ।
समितिको सभापतिको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले पाएका छन्।
समितिलाई काम सुरू भएको १४ दिनभित्र कार्य सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।
यी हुन् समितिमा रहेका सांसद-
गणेश पराजुली (सभापति)
ओजस्वी शेरचन
ऐनबहादुर महर
खगेन्द्र सुनार
खुश्बु ओली
गजला समिम मिकरानी
तपेश्वर यादव
ध्रुवराज राई
निशा डाँगी
निश्कल राई
बलावती शर्मा
मधु चौलागाई
यज्ञमणी न्यौपाने
रेखाकुमारी यादव
सुलभ खरेल