सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले आज मन्त्रिपरिषद विस्तार गरेका हुन्।
उनको सिफारिसमा एक जना मन्त्रीलाई प्रदेश प्रमुखले नियुक्त गरेका छन्।
मुख्यमन्त्री शाह नेपाली कांग्रेस संसदीय दल नेता हुन्। कांग्रेसकै सांसद शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन्। उनको शपथ आजै हुनेछ।
सुदूरपश्चिम मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ।
मन्त्री नियुक्त सिफारिस गर्नुअघि शाहले संसदीय दल बैठक पनि राखेका थिए।
उक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गर्ने निर्णय पनि भएको थियो।
संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीको संयोजकत्वमा गठित समितिमा गीताकुमारी चौधरी र पदमबहादुर शाही सदस्य छन्।