सभामुख डोलप्रसाद अर्यालको प्रमुख स्वकीय सचिवमा मुना कुँवर नियुक्त भएकी छन्।
सभामुख अर्यालले सोमबार कुँवरलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन्। उनलाई राजपत्राङ्कित प्रथम श्रेणी सरहको पदमा नियुक्त गरिएको हो।
स्वकीय सचिव कुँवर पूर्वपत्रकार हुन्। उनले वैदेशिक रोजगार, श्रमिकका समस्यालगायत क्षेत्रमा लेख्दै आएकी थिइन्। यसअघि अर्याल श्रम मन्त्री हुँदा पनि उनी मन्त्रालयमा प्रेस सल्लाहकारको भूमिकामा रहेकी थिइन्।
त्यस्तै सभामुखको स्वकीय सचिवमा नवराज पाण्डे नियुक्त भएका छन्। पाण्डे पूर्वपत्रकार हुन्। उनीलाई राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत स्तरमा नियुक्त गरिएको हो। पाण्डेले यसअघि गृहमन्त्री रवि लामिछानेको प्रेस विज्ञका रुपमा काम गरेका थिए।