संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ।
प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ः०० बजे सिंहदरबारमा बस्नेछ।
आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन ) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।