राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदका सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरेका हुन्।
यसअघि तेस्रो वरीयता रहेका गृहमन्त्री सुधन गुरूङ अहिले पाँचौं नम्बरमा छन् भने चौथो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयतामा तानिएको छ।
त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ छैठौं स्थानबाट चौथो स्थानमा उक्लिएका छन्। भौतिक योजनामन्त्री सुनील लम्साल पाँचौंबाट छैठौंमा झरेका छन्।
कानुनमन्त्री सोबिता गौतमलाई १२औं वरीयताबाट सातौंमा तानिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी १५औंबाट आठौं वरीयतामा उक्लिएकी छन्।
त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई ११औं वरीयताबाट नवौंमा ल्याइएको छ। स्वास्थ्यमन्त्री निशा मेहतालाई नवौंबाट दसौं वरीयतामा ल्याइएको छ।
शिक्षामन्त्री सस्मित पोखरेललाई आठौंबाट ११औं वरीयतामा झारिएको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री खडगराज (गनेश) पौडेललाई सातौं वरीयताबाट १२औं झारिएको छ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनालाई १०औं स्थानबाट १३औं वरीयतामा झारिएको छ। त्यस्तै, कृषिमन्त्री गीता चौधरी १३औंबाट १४औंमा परेकी छन् भने श्रममन्त्री दिपक साह १४औंबाट १५औंमा झरेका छन्।
यस्तो छ मन्त्रीहरूको मर्यादाक्रम -
*शीर्षक परिवर्तन गरिएको- सम्पादक